मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

चुनावी गतिविधिमा विद्यालय र बालबालिका नसमेट्न निर्देशन

banner add
writter
मङ्गल, ०२ मंसिर २०८२
(Shares)

काठमाडौँ । लोकतान्त्रिक अभ्यासको अङ्गका रूपमा निर्वाचनले नागरिकको अधिकार सुनिश्चित गर्छ । तर प्रत्येक निर्वाचनसँगै दोहोरिने एक गम्भीर समस्या भनेको विद्यालय परिसर र बालबालिकाको दुरुपयोग हो। 

उम्मेदवार तथा राजनीतिक दलहरूले भोट माग्ने बहानामा शैक्षिक वातावरणमा हस्तक्षेप गर्नु मात्र गलत होइन, बालबालिकाको अधिकारमाथि प्रत्यक्ष आघात पनि हो।

विद्यालय राजनीतिक गतिविधि सञ्चालन गर्ने ठाउँ होइन। विद्यालयहरू सिकाइ, विकास र सुरक्षित वातावरणका लागि हो, जहाँ विद्यार्थीहरूलाई कुनै राजनीतिक प्रभावबाट टाढा राख्नुपर्छ। तर झण्डै हरेक निर्वाचनमा विद्यालयलाई सहज स्थानका रूपमा प्रयोग गरिने, कार्यक्रममा बालबालिकालाई सहभागी गराइने, झण्डा बोकाउने वा र्‍यालीमा उभ्याउने प्रवृत्ति देखिन्छ। यसले उनीहरूको मानसिक, भावनात्मक र शैक्षिक विकासमा नकारात्मक असर पार्न सक्छ।

बालबालिकाहरूलाई राजनीतिक गतिविधिमा सहभागी गराउनु बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अंतर्राष्ट्रिय मापदण्डविरुद्धको कर्म हो। उनीहरूलाई राजनीतिक संदेश, नाराबाजी वा प्रचार सामग्रीका माध्यमबाट प्रभावित पारिनु उनीहरूको स्वतन्त्र अभिव्यक्ति र सुरक्षित वातावरणमा सिक्ने अधिकार खोस्ने कार्य हो।

निर्वाचन आयोग, स्थानीय प्रशासन र विद्यालय व्यवस्थापन समितिहरूले यस समस्याप्रति कडाइका साथ ध्यान दिन आवश्यक छ। 

विद्यालय परिसरमा कुनै पनि प्रकारका राजनीतिक गतिविधि पूर्ण रूपमा निषेध गर्नुपर्छ। अभिभावकहरू र समुदायले पनि बालबालिकाको हितलाई प्राथमिकता दिंदै राजनीतिक दलहरूलाई यस्तो दुरुपयोग नगर्न चेतना बढाउनुपर्ने समय आएको छ।

लोकतन्त्र बलियो जनशक्ति र सचेत नागरिकतामा टेकेको हुन्छ। त्यसैले, आजका बालबालिका सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन सके मात्र भोलिका सक्षम नागरिक बन्न सक्छन्। निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग रोक्नु भनेको लोकतन्त्रकै भविष्य सुरक्षित गर्ने कदम हो।

ads
ads
add
banner add

सम्बन्धित खबर