शनि, १७ असोज २०८३ / October 3, 2026, Saturday
शनि, १७ असोज २०८३
Advertisement
banner add

‘जैतुन मिक्स’ मसाज तेल बजारमा, अपिल त्रिपाठी ब्रान्ड एम्बेसडर

banner add
writter
शनि, १७ असोज २०८३
(Shares)

काठमाडौं — जैतुन, युकालिप्टस, पेपरमिन्ट, लसुनलगायतका प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीको मिश्रणसहितको ‘जैतुन मिक्स आयुर्वेदिक मसाज तेल’ बजारमा आएको छ। Panas Herbal Udhyog Pvt. Ltd. ले २०० मिलिलिटरको प्याकमा उक्त उत्पादन सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर र जैतुनलगायतका सामग्री प्रयोग गरिएको छ।

उत्पादकले यसलाई जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ वा तन्किने समस्यामा मसाजका लागि प्रयोग गर्न सकिने उत्पादनका रूपमा प्रस्तुत गरेको छ। दैनिक थकान तथा मांसपेशीमा हुने असहजतामा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

मसाजपछि आराम र ताजगीको अनुभूति हुने कम्पनीको दाबी छ। यी प्रभावसम्बन्धी दाबी भने कम्पनीले उपलब्ध गराएको उत्पादन विवरणमा आधारित छन्।

तेल बाह्य प्रयोगका लागि मात्र रहेको भन्दै कम्पनीले आँखा तथा खुला घाउमा नपार्न र बालबालिकाको पहुँचबाट टाढा राख्न आग्रह गरेको छ।

उत्पादनको बजार व्यवस्थापन Asmi Wellness Industries ले गर्ने जनाएको छ। कम्पनीका अनुसार पत्रकार अपिल त्रिपाठीलाई ‘जैतुन मिक्स’ को ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ।

कम्पनीले सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति तथा दर्ता प्रक्रिया पूरा गरेपछि उत्पादन बजारमा ल्याइएको जनाएको छ। साथै, कम्पनीले हरेक तीन महिनामा व्यार भएकाे पर बाेतलकाे पाँच रूपैयाँ काटेर ज्येष्ठ नागरिक तथा शिक्षा क्षेत्रमा सहयाेग गर्ने  प्रतिबद्धता जनाएकाे छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर