वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा एक विपन्न परिवारकी छोरीको छेका कार्यक्रममा स्थानीय युवाहरूको समूह “कानु युथ” ले मानवीय सहयोग प्रदान गरेको छ। आर्थिक अवस्था कमजोर रहेको परिवारलाई कपडा–लत्ता लगायत आवश्यक सामग्री उपलब्ध गराउँदै युवाहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका हुन्।
सहयोग अभियानमार्फत समाजमा आपसी सद्भाव, सहकार्य
र मानव सेवाको भावना फैलाउने उद्देश्य राखिएको कानु युथका सदस्यहरूले बताएका छन्।
स्थानीयवासीले पनि युवाहरूको यस सकारात्मक कार्यको खुलेर प्रशंसा गरेका छन्।
उक्त सहयोग कार्यक्रममा रामरुप साह कानु, दिपु
साह कानु, मनोज
साह, धिरज
साह कानु, राज
कुमार कानु, अर्जुन
साह कानु, सर्फु
साह कानु, रामबाबु
साह कानु, निरन्जन
कुमार साह, राहुल
गुप्ता, सन्जित
कुमार साह, जयशंकर
गुप्ता, बाल्मिकी
साह कानु, शिव
बालक साह, घनश्याम
प्रसाद, सन्तोष
कुमार साह, किशोरी
साह कानु, धर्मेन्द्र
साह कानु, दिपु
गुप्ता, अरबिन्द
गुप्ता, अमित
राज साह तथा कन्हैया लाल गुप्ता लगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी कानु युथका सदस्य सन्तोष साह कानु, मनोज साह कानु, देवेन्द्र साह कानु, धिरज साह कानु तथा दिपु साह कानुले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गरेका थिए।
स्थानीय स्तरमै युवाहरूको पहलमा गरिएको यस्तो सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।