काठमाडौँ । “स्वस्थ प्रहरी, सुरक्षित समाज” भन्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय, लेटाङले प्रहरी कर्मचारीको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Know Your BMI’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ ।
कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, लेटाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको उचाइ तथा तौल मापन गरी BMI परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा प्रत्येक कर्मचारीलाई आफ्नो BMI को
अवस्थाबारे जानकारी दिँदै सन्तुलित खानपान, स्वस्थ जीवनशैली
तथा नियमित शारीरिक व्यायामको महत्व सम्बन्धमा आवश्यक जानकारी र सुझावसमेत प्रदान
गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख प्रहरी
निरीक्षक सागर साह ले “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।
स्वस्थ प्रहरी नै प्रभावकारी रूपमा नागरिकको सेवामा समर्पित हुन सक्छ” भन्दै प्रहरी
कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई थप प्रभावकारी र निरन्तर बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय, लेटाङ तथा मातहतमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीले प्रत्येक महिना अनिवार्य रूपमा BMI परीक्षण गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, यसै अवसरमा कार्यालयले Digital Weighing Machine, कार्यालय परिसरमा निर्माण गरिएको BMI Chart तथा Exercise Zone समेत औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ ।
प्रहरी कर्मचारीलाई नियमित शारीरिक व्यायाममा सहभागी
गराउँदै स्वस्थ, चुस्त र सेवामुखी प्रहरी जनशक्ति निर्माण गर्ने लक्ष्य
कार्यालयले लिएको छ ।
BMI (Body Mass Index) भनेको व्यक्तिको उचाइअनुसार तौलको अवस्था मापन गर्ने सूचक हो । यसको सामान्य सूत्र BMI तौल (किलोग्राम) उचाइ (मिटर)² रहेको छ ।
सामान्य वर्गीकरणअनुसार १८.५ भन्दा कम BMI लाई Underweight, १८.५ देखि २४.९ सम्मलाई Normal, २५ देखि २९.९ सम्मलाई Overweight र ३० वा सोभन्दा बढीलाई Obese मानिन्छ ।