सोम, १४ वैशाख २०८३ / April 27, 2026, Monday
सोम, १४ वैशाख २०८३
Advertisement
banner add

प्युठानमा चट्याङको कहर : बाबु–छोराको ज्यान गयो

banner add
writter
सोम, १४ वैशाख २०८३
(Shares)

प्युठान । प्युठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु भएको छ। जिल्लाको गौमुखी गाउँपालिका–६, लिबाङका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको चट्याङ लाग्दा ज्यान गएको हो।

हिजो दिउँसो परेको चट्याङबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो। उपचारकै क्रममा हिजो राति उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा चट्याङ लागेर घाइते भएका अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर