मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

मधेशी अधिकृत समाज, नेपालको प्रथम् साधारण सभा सम्मपन्न

banner add
writter
आइत, ३० कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/काठमाडौँ । मधेशी अधिकृत समाज, नेपालद्वारा आयोजित प्रथम साधारण सभा समाजका अध्यक्ष भूदेव झाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो । देशभरि रहेका मधेशी समुदायका कर्मचारी तथा बौद्धिक वर्गमा आशा र आत्मविश्वास थपिएको छ। सरकारी संरचनाभित्र विविधता, समान अवसर र समावेशिताको निरन्तर माग भइरहेका बेला यस समाजको उदय र औपचारिक संस्थागत यात्राको प्रारम्भ महत्वपूर्ण विषय बनेको छ।

यस साधारण सभाले मात्र संगठनको औपचारिक ढाँचा बनाएको होइन, राज्य संयन्त्रभित्र मधेशी समुदायले भोग्नुपरेका चुनौती, पुराना संरचनागत असमानता, र सुधारका मार्गबारे खुला र जिम्मेवार बहसको थालनी पनि गरेको छ।

मधेशी कर्मचारीहरूलाई सशक्त बनाउँदै प्रशासनिक क्षेत्रमा व्यावसायिकता, पारदर्शिता र समान अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित यस संस्थाले भविष्यमा नेतृत्वको एक वैकल्पिक, समावेशी ढाँचा प्रस्तुत गर्ने अपेक्षा गर्न सकिने शाखा अधिकृत एवम् अधिवक्ता वकिल प्रसाद पालले जानकारी दिए ।

साधारण सभाबाट पारित हुन सक्ने नीतिगत तथा संगठनात्मक निर्णयहरूले समाजलाई दीर्घकालीन दिशानिर्देशन दिनेछन् ।जसले केवल सदस्यहरूको हक–हितको संरक्षण मात्र होइन, राज्य सेवा र प्रशासनिक प्रणालीमै सुधारका आग्रहहरूलाई पनि थप संस्थागत बनाउनेछन्। समावेशी राष्ट्र निर्माणको यात्रामा कुनै पनि समुदायको सक्रिय र सकारात्मक सहभागिता राज्यका लागि सधैं सुदृढीकरणकै आधार रहन्छ। यस दृष्टिमा मधेशी अधिकृत समाजको सक्रियता स्वागतयोग्य छ।

तर, यतिमात्रले पर्याप्त हुँदैन। संगठनले आफ्नो गतिविधि पारदर्शी, व्यावसायिक र दूरदर्शी बनाउनुपर्छ। समुदायको मुद्दालाई संस्थागत तरिकाले अघि सार्ने क्रममा राजनीतिक पक्षधरता वा संकुचित समूहगत हितभन्दा माथि उठ्नु अत्यावश्यक छ। राज्य सेवा, सुशासन र सामाजिक न्यायीक तीन आधारभूत मूल्यसँग आफ्नो अभियानलाई जोड्न सके मात्र यस्तो संस्थाको प्रभावकारीता देखिन सक्छ।

प्रथम साधारण सभा सम्पन्न हुनु संस्थागत यात्राको सुरुवात हो, गन्तव्य होइन। अब, यस समाजले ल्याउने कार्यक्रम, गोष्ठी, नीति संवाद र क्षमता अभिमुखीकरणका अभियानहरूले यसको वास्तविक प्रभाव मापन हुनेछ।

मधेशी कर्मचारीहरूलाई एक साझा मञ्च प्रदान गर्दै, उनीहरूको आवाजलाई रचनात्मक र सुधारमुखी बनाउँदै लैजान सक्ने हो भने मधेशी अधिकृत समाज, नेपाल देशको प्रशासनिक संरचना समावेशीयतामा एक महत्वपूर्ण योगदानकर्ता बन्न सक्छ।

मधेशी अधिकृत समाज, नेपालको प्रथम् साधारण सभामा केन्द्रिय पदाधिकारी लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस प्रारम्भिक सफलता पछि अब अपेक्षा वर्गीय वा जातीय सीमाभन्दा माथि उठेर, समानता, दक्षता र न्यायसंगत राज्य संरचनाको निर्माणमा अग्रसर हुने दृढतापूर्वक उभिनु हो। यही प्रतिबद्धता नै संस्थाको सफलताको वास्तविक मापदण्ड हुनेछ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर