बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

विज्ञान तथा नवप्रवर्तन मन्त्रालय गठनप्रति महावीर पुनको स्वागत, ‘नेताहरुलाई दिएको श्राप पनि फिर्ता गर्छु’

banner add
writter
बिहि, ३१ वैशाख २०८३
(Shares)

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महावीर पुन ले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयलाई स्वागत गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको बताएका हुन् । उनले दुई दिनअघि संसदमा उठाएको माग र त्यसअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित आग्रहको समेत स्मरण गराएका छन् ।

उनले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा छुट्टै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । पत्रमा नेपालले विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता नदिँदा देश आर्थिक तथा प्राविधिक रूपमा पछाडि परेको उल्लेख गरिएको छ ।

पुनले नेपालमा दैनिक उपभोगका सामान्य वस्तुसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको तथा प्रतिभाशाली युवा विदेश पलायन भइरहेका कारण देशमा रोजगारी र उत्पादन वृद्धि हुन नसकेको बताएका छन् ।

सरकारको निर्णयपछि उनले अब मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष, देशभक्त वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिक व्यक्तिहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेका छन् ।

साथै उनले नेपाल सरकारलाई धन्यवाद दिँदै देशको हितका लागि मन्त्रालयले दीर्घकालीन काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

पुनले भावुक शैलीमा आफूले विगतमा आक्रोशमा नेताहरुलाई दिएको “श्राप” समेत फिर्ता लिएको उल्लेख गरेका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर