काठमाडौं । सीमा समस्यासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादी निकट कार्यकर्ताहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बालेनको भनाइले राष्ट्रिय हित र सार्वभौमिकतामाथि आघात पुगेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रघाती रहेको बताएका छन्। विरोध कार्यक्रममा सहभागीहरूले सीमा सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने र सुस्तालगायत सीमावर्ती क्षेत्रमा देशभक्त नेपालीहरूको सम्मान र संरक्षण सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।
प्रदर्शनका क्रममा ‘सीमा अतिक्रमण बन्द गर’, ‘सुस्तामा विदेशी हस्तक्षेपको प्रतिरोध गरौँ’, ‘भौगोलिक अखण्डताको रक्षा गरौँ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
माओवादीले सीमा जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग समेत अघि सारेको छ।