काठमाडौँ । सङ्घीय संसद, प्रतिनिधिसभा
अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् ।
अर्थ समिति, महिला तथा
सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य
व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन
गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको
बैठक मध्याह्न १ बजे बस्नेछ भने दिउँसो २ बजेका लागि बस्न लागेको लेखा समितिको
बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।