शनि, १२ वैशाख २०८३ / April 25, 2026, Saturday
शनि, १२ वैशाख २०८३
Advertisement
banner add

सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन अभियान सफल बनाउन सहयोगको अपिल

banner add
writter
शनि, १२ वैशाख २०८३
(Shares)

नेपाल प्रहरी ले सरकारले सञ्चालन गरिरहेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई सफल बनाउन सबै सरोकारवाला पक्षसँग आवश्यक सहयोगका लागि हार्दिक अपिल गरेको छ।

प्रहरीले उक्त अभियान वास्तविक सुकुम्बासी तथा भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई न्यायोचित आवास तथा अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण पहल भएको जनाएको छ। साथै, केही स्वार्थी तथा ठग प्रवृत्तिका व्यक्तिहरूले नागरिकहरूको नाम र हक–अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेकोप्रति सचेत रहन आग्रह गरेको छ।

यस्ता गतिविधिका कारण वास्तविक पीडितहरू अवसरबाट वञ्चित हुने र राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट टाढा रहनुपर्ने अवस्था सिर्जना हुन सक्ने प्रहरीको भनाइ छ। त्यसैले वास्तविक सुकुम्बासी तथा भूमिहीनहरूलाई एकजुट भई राज्यको व्यवस्थापन कार्यमा सहयोग गर्न तथा सुरक्षा निकायलाई समयमै सही सूचना उपलब्ध गराउन अनुरोध गरिएको छ।

प्रहरीले सबै पक्षको सानो सहयोगले पनि वास्तविक पीडितहरूको न्याय, अधिकार र सुरक्षित आवाससहितको भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर