मङ्गल, २९ वैशाख २०८३ / May 12, 2026, Tuesday
मङ्गल, २९ वैशाख २०८३
Advertisement
banner add

भक्तपुरमा साढे एक किलो चाँदीसहित एक जना पक्राउ

banner add
writter
मङ्गल, २९ वैशाख २०८३
(Shares)

भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथलीबाट करिब साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका–१० घर भई हाल बनेपा नगरपालिका–८ पुलबजार बस्दै आएका ३२ वर्षीय राजु श्वेत रहेका छन्।

सोमबार अपराह्न करिब साढे तीन बजे प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकलमा नालाबाट च्यामासिंहतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा उनले चाँदीसम्बन्धी कुनै पनि कागजात प्रस्तुत गर्न नसकेपछि नियन्त्रणमा लिइएको हो।

हाल उनलाई प्रहरी वृत्त जगाती, भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर