पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति करिब ९ः१५ बजे तानसेन–रिडी सडकखण्ड
अन्तर्गत तानसेन नगरपालिका–१२, गाईघाटमा हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख
२४४७ नम्बरको टिपर दुर्घटनामा परेको हो।
दुर्घटनामा टिपरका सहचालक बागलुङको ढोरपाटन
नगरपालिका–१ निवासी २५ वर्षीय तेजेन्द्र कुमाल गम्भीर घाइते भएका थिए। उनको
लुम्बिनी मेडिकल कलेज, प्रभासमा
उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी
नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा टिपर चालक ढोरपाटन नगरपालिका–१ कै २७
वर्षीय मीनबहादुर कुमाल घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य
रहेको छ।
अर्गली प्रहरी चौकीका अनुसार बुटवलबाट इँटा बोकेर
बागलुङतर्फ जाँदै गरेको उक्त टिपर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न
बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले
जनाएको छ।