बिहि, १७ वैशाख २०८३ / April 30, 2026, Thursday
बिहि, १७ वैशाख २०८३
Advertisement
banner add

मध्यविन्दु–१० मा सडक अतिक्रमण हटाउन एक साताको अल्टिमेटम

banner add
writter
बिहि, १७ वैशाख २०८३
(Shares)

नवलपरासीको मध्यविन्दु नगरपालिका–१० वडा कार्यालयले सडक क्षेत्रभित्र राखिएका संरचना तथा सामान हटाउन सम्बन्धित व्यवसायी र सर्वसाधारणलाई एक साताको समय दिएको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार आरुङ्खोला बजार टोलस्थित महेन्द्र राजमार्गको राम स्मृति रंगशालादेखि आरुङ्खोला पुलचोकसम्म सडकको दायाँ–बायाँ १० फिटभित्र राखिएका सामग्री, व्यापार–व्यवसाय तथा अन्य अवरोधका कारण यातायात सञ्चालन र सर्वसाधारणको आवतजावतमा समस्या उत्पन्न भएको जनाएको छ।

सडक क्षेत्र अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै वडा कार्यालयले तत्काल व्यवस्थापन गर्न आग्रह गरेको हो।

सूचनामा आजको मितिले एक साताभित्र सडक क्षेत्रमा राखिएका सम्पूर्ण सामग्री हटाउन भनिएको छ। तोकिएको समयभित्र अटेर गरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा कार्यालय आफैंले हटाउने तथा आवश्यक कारबाही अघि बढाउने चेतावनी दिइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर