बिहि, २४ वैशाख २०८३ / May 7, 2026, Thursday
बिहि, २४ वैशाख २०८३
Advertisement
banner add

रूपन्देहीका स्थानीय तहमा ८ हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको तथ्यांक सार्वजनिक

banner add
writter
बिहि, २४ वैशाख २०८३
(Shares)

रूपन्देही जिल्लाका विभिन्न स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको संख्या उल्लेख्य रहेको तथ्यांक सार्वजनिक भएको छ। तथ्यांकअनुसार सबैभन्दा धेरै संख्या सैनामैना र देवदह नगरपालिकामा देखिएको छ।

तिलोत्तमा नगरपालिकामा ६१० भूमिहीन दलित, एक हजार ८०८ भूमिहीन सुकुम्वासी तथा पाँच हजार ८७४ अव्यवस्थित बसोबासी गरी कुल आठ हजार २९२ परिवार रहेका छन्।

यस्तै, सैनामैना नगरपालिकामा ३२५ भूमिहीन दलित, ४०४ भूमिहीन सुकुम्वासी र १५ हजार ५१३ अव्यवस्थित बसोबासीको विवरण रहेको छ।

देवदह नगरपालिकामा १६० भूमिहीन दलित, २६५ भूमिहीन सुकुम्वासी तथा १३ हजार ६०५ अव्यवस्थित बसोबासी रहेका छन् भने गैडहवा गाउँपालिकामा ७५ भूमिहीन दलित, ४६१ भूमिहीन सुकुम्वासी र तीन हजार ७७० अव्यवस्थित बसोबासीको संख्या रहेको छ।

शुद्धोधन गाउँपालिकामा १०० भूमिहीन दलित, २२३ भूमिहीन सुकुम्वासी र एक हजार ४७२ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ। त्यसैगरी, सियारी गाउँपालिकामा ४४ भूमिहीन दलित, १३९ भूमिहीन सुकुम्वासी र एक हजार २३३ अव्यवस्थित बसोबासी रहेको उल्लेख गरिएको छ।

मायादेवी गाउँपालिकामा ११० भूमिहीन दलित, १३७ भूमिहीन सुकुम्वासी तथा ६५७ अव्यवस्थित बसोबासी रहेका छन् भने सिद्धार्थनगर नगरपालिकामा ५२ भूमिहीन दलित, १७० भूमिहीन सुकुम्वासी र ५३ अव्यवस्थित बसोबासीको विवरण छ।

त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १०१ भूमिहीन सुकुम्वासी र ३५३ अव्यवस्थित बसोबासी रहेको तथ्यांकमा उल्लेख गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर