शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूबारे जवाफ दिन समय दिएका थिए । त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति लगायत दलका सांसदहरूले उठेर आपत्ति जनाउँदै विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति बिना सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाइएको भन्दै प्रश्न उठाएका थिए ।
सत्तापक्षका
सांसदहरूले भने प्रतिनिधि सभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री उपस्थित हुन
नसकेको अवस्थामा उहाँले तोकेको मन्त्रीले नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन र
जवाफ दिन सक्ने स्पष्ट व्यवस्था रहेको भन्दै बैठक सञ्चालन गर्नुपर्ने तर्क गरेका
थिए ।
तर विपक्षी
सांसदहरूले उक्त दफा ३८ लाई आधार बनाउँदै पाँच वर्षसम्म प्रधानमन्त्रीको प्रत्यक्ष
आवाज सुन्न नपाइने हो भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्रीको उपस्थिति अनिवार्य
गर्न माग गरेका थिए । यही विवादका बीच सभामुख डिपी अर्यालले बैठकलाई १५ मिनेटका
लागि स्थगित भएको घोषणा गरेका थिए ।