शनि, २४ असोज २०८३ / October 10, 2026, Saturday
शनि, २४ असोज २०८३
Advertisement
banner add

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

banner add
writter
शनि, २४ असोज २०८३
(Shares)

काठमाडौँ । पत्रकारिता क्षेत्रमा दुई दशकदेखि निरन्तर क्रियाशील र साहसिक फोटो पत्रकार हरिशजंग क्षेत्री सम्मानित भएका छन । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे नेपाल) को २८औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो ।

 पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक स्व. माधव थापाको नाममा स्थापित उक्त पुरस्कारसहित उहाँलाई नगद रु. ५,००० र कदरपत्रद्वारा सम्मान गरिएको छ । कञ्चनपुरको बेलडाँडी (झरनासागर) स्थायी घर भएका क्षेत्री हाल काठमाडौँमा रहेर बाह्रखरी मिडियामा आवद्ध भई फोटो पत्रकारिता गरिरहेका छन ।

जोखिमपूर्ण परिस्थितिमा समेत सत्य, तथ्य र यथार्थलाई क्यामेरामार्फत समाजसामु प्रस्तुत गर्दै आउनुभएका क्षेत्रीको साहस, समर्पण र व्यावसायिक निष्ठाको कदर गर्दै ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो ।

देशभित्र तथा बाहिर क्रियाशील रहनुभएका क्षेत्रीले हालै सम्पन्न २०औँ एसियाली खेलकुदको रिपोर्टिङका लागि जापान तथा टि-२० विश्वकपको रिपोर्टिङका लागि भारतको मुम्बईसमेत पुगेर रिपोर्टिङ गरेको अनुभव छ ।

फोटो पत्रकारिता केवल तस्बिर खिच्ने कला मात्र नभई सत्यको दस्तावेजीकरण, समाजको आवाज र परिवर्तनको संवाहक पनि हो । क्षेत्रीले पत्रकारिताका माध्यमबाट प्राप्त गरेको उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई समग्र नेपाली फोटो पत्रकारिता क्षेत्रकै गौरव र प्रेरणाको विषय पनि हो । पुरस्कार प्राप्त गरेपछि फोटोपत्रकार क्षेत्रीले भने निरन्तरता र कर्मप्रतिको प्रतिबद्धताले नयाँ पुस्ताका फोटो पत्रकारहरूलाई समेत ठूलो प्रेरणा मिल्ने विश्वास लिएका छन ।

पुरस्कारले थप जिम्मेवार भएर आगामी दिनमा कार्य गर्न प्रेरणा थपेको उनले बताए ।

ads
ads
add
banner add

सम्बन्धित खबर