बुध, ११ कात्तिक २०८३ / October 28, 2026, Wednesday
बुध, ११ कात्तिक २०८३
Advertisement
banner add

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

banner add
writter
बुध, ११ कात्तिक २०८३
(Shares)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

जारी सिजनमा पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।

एनपीएलमा हिजो भएका खेलमा कर्णाली याक्स र चितवन राइनोजले विजयी सुरुवात गरेका छन्। कर्णालीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दा चितवनले विराटनगर किङ्सलाई ८ रनले हराएको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर