सोम, ३० कात्तिक २०८३ / November 16, 2026, Monday
सोम, ३० कात्तिक २०८३
Advertisement
banner add

लुम्बिनीसहित चार टोली प्लेअफमा

banner add
writter
सोम, ३० कात्तिक २०८३
(Shares)

काठमाडौं । कात्तिक ३० गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको लिग चरणका खेल सम्पन्न भएका छन् । लिग चरण सकिँदा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोज प्लेअफमा प्रवेश गरेका छन् ।

लिग चरणमा लुम्बिनी लायन्सले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण अङ्क बाँड्दै ११ अङ्कसहित शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अङ्क जोडेर दोस्रो भयो ।

त्यस्तै, काठमाण्डु गोर्खाज चार जित र तीन हारसहित आठ अङ्कका साथ तेस्रो तथा चितवन राइनोज तीन जित, तीन हार र एक खेल रद्द हुँदा सात अङ्कसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन् ।

प्लेअफमा पुग्न असफल हुने टोलीमा विराटनगर किङ्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स रहेका छन् । विराटनगर र कर्णालीले तीन–तीन जित निकाल्दा पोखरा र जनकपुरले दुई–दुई खेल मात्र जित्न सफल भए ।

तीनवटै संस्करणमा सहभागी पोखरा हालसम्म प्लेअफमा पुग्न सकेको छैन भने पहिलो संस्करणको विजेता जनकपुर यसपटक अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो ।

लिग चरण सकिएसँगै अब उपाधिका लागि चार टोलीबीच प्लेअफ प्रतिस्पर्धा हुनेछ । गत संस्करणको विजेता लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा अन्य तीन टोली पनि उपाधि जित्ने योजनासहित मैदानमा उत्रनेछन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर