आइत, १४ भदौ २०८३ / August 30, 2026, Sunday
आइत, १४ भदौ २०८३
Advertisement
banner add

बाढीपीडितको सुरक्षामा प्रहरीको २४ घण्टे खटाइ, हजारौँ प्रहरी मैदानमा

banner add
writter
शनि, १३ भदौ २०८३
(Shares)

काठमाडौँ । बाढी र डुबानबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरी उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई तीव्रता दिएको छ। विपद्को समयमा नागरिकको ज्यान जोगाउने, जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी प्रहरीमाथि थपिएको छ।

५ हजार ९१७ जना प्रहरी मैदानमा खटिनु विपद् व्यवस्थापनमा राज्यको सुरक्षा संयन्त्रले देखाएको सक्रियताको संकेत हो। तर यति ठूलो जनशक्ति परिचालन मात्र पर्याप्त हुँदैन। जोखिमको पूर्वानुमान, उद्धार सामग्रीको उपलब्धता, सुरक्षित आश्रयस्थल, स्वास्थ्य सेवा तथा स्थानीय तहसँगको प्रभावकारी समन्वय पनि उत्तिकै आवश्यक हुन्छ।

 नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार भोटेकोशी र त्रिशूली नदी किनारका प्रत्येक प्रभावित जिल्लामा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ ।

बाढी प्रभावित नागरिकका लागि प्रहरी केवल सुरक्षा निकाय होइन । संकटको घडीमा पहिलो भरोसाको आधारसमेत हो। त्यसैले खटिएका प्रहरीको सुरक्षा र आवश्यक स्रोत–साधनको सुनिश्चितता राज्यको दायित्व हो। साथै, विपद् व्यवस्थापनलाई हरेक वर्ष बाढी आएपछि सक्रिय हुने प्रतिक्रियात्मक अभ्यासमा सीमित नराखी पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गर्नुपर्छ।

प्रकृतिजन्य विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि त्यसबाट हुने मानवीय र भौतिक क्षति भने घटाउन सकिन्छ। त्यसका लागि सुरक्षा निकाय, तीन तहका सरकार, स्थानीय समुदाय र सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक छ। अहिले मैदानमा खटिएका ५ हजार ९१७ प्रहरीको २४ घण्टे ड्युटीले एउटा महत्वपूर्ण सन्देश दिएको छ । विपद्को समयमा राज्य नागरिकको साथमा उभिनुपर्छ, र त्यो उपस्थिति राहत तथा उद्धारमा परिणाममुखी रूपमा देखिनुपर्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर