बुध, ३० वैशाख २०८३ / May 13, 2026, Wednesday
बुध, ३० वैशाख २०८३
Advertisement
banner add

भूमिहीनमाथि भएको व्यवहारप्रति रूपन्देहीका राजनीतिक दलहरूको आपत्ति

banner add
writter
बुध, ३० वैशाख २०८३
(Shares)

बुटवल । रूपन्देही जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले गरिरहेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा निर्वाचनका बेला सुशासन, शान्ति र सुरक्षित भविष्यको आश्वासन दिएर सरकारमा पुगेको वर्तमान सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधान गर्न नसकेको आरोप लगाइएको छ। बरु उनीहरूको घरटहरामा डोजर चलाउने, जबर्जस्ती दमन गर्ने तथा शारीरिक र मानसिक यातना दिने काम भइरहेको दाबी गरिएको छ।

राजनीतिक दलहरूले संविधानप्रदत्त मौलिक अधिकारबाट नागरिकलाई वञ्चित गर्ने कार्य अमानवीय भएको उल्लेख गर्दै सरकारको उक्त कदमको विरोध गरेका छन्। साथै, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाइएको छ।

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी, नेकपा बहुमत, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी तथा नेकपा संयुक्तका नेताहरूको हस्ताक्षर रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर