नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले वर्तमान सरकारको काम गर्ने शैलीप्रति असन्तोष व्यक्त गरेका छन् । सरकारले आफ्नो कार्यशैली सुधार नगरे संसद् र सडक दुवैबाट आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने उनले बताएका छन् ।
आइतबार Press Center Nepal सुर्खेतले आयोजना गरेको पत्रकार
सम्मेलनमा बोल्दै प्रचण्डले जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमका कारण
मुलुकको राजनीति जटिल दिशातर्फ अघि बढेको टिप्पणी गरे । निर्वाचनपछि नयाँ सरकार
गठन भए पनि राजनीतिक अवस्था अझै स्थिर र सही मार्गमा जान नसकेको उनको भनाइ थियो ।
उनले सुकुम्वासी, विद्यार्थी र ट्रेड युनियनसँग सम्बन्धित समस्या अझै समाधान
हुन नसकेको उल्लेख गर्दै ती विषय अहिले पनि गम्भीर चुनौतीका रूपमा कायम रहेको बताए
।
संविधान संशोधनका
लागि सरकारले तयार गरिरहेको बहसपत्र पारदर्शी नभएको आरोप लगाउँदै उनले
अध्यादेशमार्फत अस्वाभाविक तरिकाले शासन सञ्चालन भइरहेको दाबी गरे ।
प्रचण्डले लगभग
दुईतिहाइ बहुमतको सरकारबाट जनताले सकारात्मक परिणामको अपेक्षा गरेको स्मरण गराउँदै
सुरुवातमा सार्वजनिक गरिएको १०० दिने कार्ययोजनाले आशा जगाएको बताए । तर पछिल्लो
समय सरकारले संसद्लाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आफूहरूले महसुस गरेको उनको
भनाइ थियो ।
उनले सरकारका
राम्रा काममा आफ्नो पार्टीले सहयोग गर्ने स्पष्ट पार्दै सुझावहरूलाई निरन्तर
उपेक्षा गरिए प्रतिरोधको बाटो रोज्न बाध्य हुने चेतावनी दिए ।
अर्को प्रसंगमा
उनले पार्टी महाधिवेशनमार्फत नयाँ पार्टी निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए
। साथै वामपन्थी एकताको पहल अघि बढाइए पनि तत्काल एकता हुने अवस्था भने नरहेको
उनले स्पष्ट पारे ।