काठमाडौं — रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिकाे कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएका हुन्।
जारी गरिएका अध्यादेशहरूमा:
उक्त तीनै अध्यादेश २०८३ साल वैशाख १९ गते जारी गरिएको राष्ट्रपतिकाे कार्यालयले जनाएको छ।
राष्ट्रपतिका प्रवक्ता ऋषिकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सिफारिस गरेअनुसार आवश्यक कानुनी व्यवस्था गर्न अध्यादेश ल्याइएको उल्लेख गरिएको छ।
यी अध्यादेशहरूले स्वास्थ्य, प्रशासनिक व्यवस्था तथा उच्च शिक्षासँग सम्बन्धित कानुनहरूमा संशोधन गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।