मङ्गल, ३० भदौ २०८३ / September 15, 2026, Tuesday
मङ्गल, ३० भदौ २०८३
Advertisement
banner add

प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा परिषद् बैठक

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बिहान ११ः३० बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा सुनसरी घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, सुरक्षा चुनौती तथा आवश्यक रणनीतिबारे छलफल हुने जनाइएको छ।

संविधानको भाग–२८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। रक्षा सचिवले परिषद्को सदस्य–सचिवका रूपमा कार्य गर्नेछन्।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार, उपकरण तथा तिनको मापदण्डसम्बन्धी नीति तर्जुमा गर्ने, राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीति निर्माण गर्ने तथा ती विषयमा नेपाल सरकारलाई आवश्यक राय–सल्लाह दिने संवैधानिक जिम्मेवारी रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर