काठमाडौँ ।प्रधानमन्त्री बालेन
शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका
छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयमा भएको उक्त छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण
अवस्थाको समाधानका उपायबारे विचार–विमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको
छ।
सचिवालयका अनुसार छलफलमा प्रभावित क्षेत्रको पछिल्लो अवस्था, शान्ति–सुरक्षा कायम गर्ने उपाय तथा समस्याको दीर्घकालीन समाधानका विषयमा समेत कुराकानी भएको थियो।