मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक छलफल

banner add
writter
बुध, २५ चैत २०८२
(Shares)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उक्त भेटघाटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। साथै, उनीहरूले नेपाल सरकारका कार्यक्रमहरूलाई परिणाममुखी बनाउन सहयोग र समर्थन रहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा जोड दिँदै छिमेकी तथा मित्र राष्ट्रहरू र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली श्रमिक तथा प्रवासी समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए। साथै, सुशासन, आर्थिक विकास र जनजीवनको स्तर सुधारमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

उक्त छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर