शनि, १९ वैशाख २०८३ / May 2, 2026, Saturday
शनि, १९ वैशाख २०८३
Advertisement
banner add

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

banner add
writter
सोम, १६ भदौ २०८२
(Shares)

कामठमाडौं। चीनको थियानजिनमा भइरहेको एससीओ प्लस शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच आज भेटवार्ता भएको छ।

दुबै देशका प्रतिनिधिमण्डलसहित भएको उक्त भेटमा आपसी सम्बन्धका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीन गएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आजै रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर