सोम, ०९ कात्तिक २०८३ / October 26, 2026, Monday
सोम, ०९ कात्तिक २०८३
Advertisement
banner add

प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त

banner add
writter
सोम, ०९ कात्तिक २०८३
(Shares)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)’ को तेस्रो संस्करणको उद्घाटनका अवसरमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

आजदेखि औपचारिक रूपमा सुरु हुन लागेको सो  भव्य खेलकुद महाकुम्भले छोटो समयमै देशकै प्रमुख खेलकुद उत्सवको रूपमा ख्याति कमाउन सफल भएको उहाँले बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले भन्नुभएको छ, 'नेपालको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु हुँदैछ र यो केही वर्षमै एक ठुलो खेलकुद प्रतियोगितामा परिणत भएको छ।

लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।'

ads
ads
add
banner add

सम्बन्धित खबर