आइत, १० जेठ २०८३ / May 24, 2026, Sunday
आइत, १० जेठ २०८३
Advertisement
banner add

जातीय विभेदविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्याय र समानताको माग

banner add
writter
आइत, १० जेठ २०८३
(Shares)

काठमाडौं । जातीय विभेद, सामाजिक उत्पीडन र दलितमाथि भइरहेका शृंखलाबद्ध हिंसाविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको अगुवाइमा आयोजित कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदर्शनलाई “ऐतिहासिक विद्रोह दिवस” का रूपमा मनाइएको आयोजकहरूले बताएका छन् । प्रेम सम्बन्धकै कारण ६ वर्षअघि रुकुम सोती घटनामा नवराज विकसहित ६ जना युवाको हत्या गरिएको स्मरण गर्दै उनीहरूको सम्मान र न्यायका लागि यो प्रतिरोध कार्यक्रम गरिएको जनाइएको छ ।

र्‍यालीमा सहभागी युवाहरूले अन्तरजातीय विवाह र प्रेमलाई अझै पनि अपराधझैं व्यवहार गरिनु लोकतान्त्रिक व्यवस्थामाथिकै प्रश्न भएको बताएका छन् । “हाम्रो श्रम स्वीकार गर्ने तर प्रेम स्वीकार नगर्ने जातिवादी सोच अन्त्य हुनुपर्छ” भन्ने सन्देशसहित उनीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले भूमिहीन दलित समुदायलाई खेतीयोग्य जमिन उपलब्ध गराउन, दलित विद्यार्थीका लागि छात्रवृत्तिसहित निःशुल्क शिक्षाको सुनिश्चितता गर्न तथा दलितमाथि भएका हत्या र हिंसाका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर