बिहि, १४ जेठ २०८३ / May 28, 2026, Thursday
बिहि, १४ जेठ २०८३
Advertisement
banner add

माइतीघरमा विरोध प्रदर्शन उग्र, प्रहरीद्वारा लाठीचार्ज कार्यकर्ता घाइते

banner add
writter
शनि, १४ चैत २०८२
(Shares)

काठमाडाैं । काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ।

माइतीघर–बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो।

लाठीचार्जका क्रममा युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। काठमाडौं महानगर–१ निवासी युवराज ओलीको टाउकोमा लाठी लागेर घाइते भएको बताइएको छ।

घाइते उनलाई तत्काल नजिकैको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि लगिएको र प्रदर्शनस्थलमा तनाव बढेको जनाइएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर