बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज मंगलबजारबाट सुन्धारा पुर्‍याइने

banner add
writter
बिहि, १० वैशाख २०८३
(Shares)

रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। पौराणिक कालमा काठमाडौँ उपत्यकामा १२ वर्षसम्म परेको भीषण खडेरी अन्त्य गर्न लिच्छवि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूले भारतको कामारुकामाक्ष (आसाम) बाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याएका थिए। उहाँको आगमनसँगै वर्षा भएर जनजीवन सामान्य बनेको खुसीयालीमा यो रथयात्रा गर्ने परम्परा सुरु भएको हो।

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज बिहीबार पाटनको मंगलबजारबाट तानेर सुन्धारा पुर्‍याइँदैछ। स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा बुधबार साँझ रथलाई गाबहालबाट मंगलबजार पुर्‍याइएको थियो। जात्राको निर्धारित तालिकाअनुसार आज दिउँसोपछि रथलाई सुन्धारातर्फ प्रस्थान गराइने कार्यक्रम छ।

मंगलबार पुल्चोकबाट विधिवत् रूपमा सुरु भएको यस वर्षको रथयात्रा सोही दिन गाबहाल पुर्‍याइएको थियो भने दोस्रो दिन मंगलबजार पुगेको हो। उपत्यकाकै सबैभन्दा लामो यो जात्रामा मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न टोलहरू परिक्रमा गराउने परम्परा रहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर