बिहि, ०७ साउन २०८३ / July 23, 2026, Thursday
बिहि, ०७ साउन २०८३
Advertisement
banner add

बीमा तथा धितोपत्र कसूरमा फरार रिमाल प्रहरीको नियन्त्रणमा

banner add
writter
बिहि, ०७ साउन २०८३
(Shares)

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका, ७ निवासी रिमाललाई सीआईबीको टोलीले बिहीबार सिफलबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ।

सीआईबीका अनुसार रिमालविरुद्ध बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले मुद्दासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर