मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् ९ एजेन्डा

banner add
writter
सोम, ०७ वैशाख २०८३
(Shares)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज सोमबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्। बैठकका लागि पार्टीले ९ बुँदे एजेन्डा तय गरेको जनाएको छ। जसअनुसार पार्टी गतिविधिबारे ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा केन्द्रीय समिति पदाधिकारी मनोनयनका विषयमा विस्तृत छलफल हुनेछ। यसैगरी महाधिवेशनको कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्ने विषयलगायत मुद्दामा पनि बैठकमा छलफल हुने बताइएको छ। रास्वपाको आगामी संगठनात्मक रणनीति र पार्टी विस्तारका योजनाबारे समेत बैठकले महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

यी हुन् ९ एजेन्डाहरू
१. पार्टी गतिविधिबारे ब्रिफिङ।

२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जना, प्रति व्यक्ति २ मिनेट)।


. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा।


४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा।


५. विधान संशोधन सम्बन्धमा।


६. स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान सम्बन्धमा।


७. प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा।


८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा।


९. विविधः क.

विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा।

ख.विषयगत विभागको योजना तयारी तथा नीति मन्थन सम्बन्धमा निर्देशन।

ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा

ads
ads
add
banner add

सम्बन्धित खबर