काठमाडौं । बुद्ध जयन्तीको पावन अवसरमै काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर हटाइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा उक्त गुम्बा पनि भत्काइएको हो।
२०७८ साल कात्तिक १३ गते विधिवत् दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमाकै दिन हटाइएको हो।
काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धमूर्ति, धार्मिक सामग्री तथा अन्य महत्वपूर्ण सामान सुरक्षित रूपमा बाहिर निकालेर व्यवस्थापन गरेको थियो।
महानगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। यही अभियानअन्तर्गत बल्खु, टेकु नजिकको वंशीघाट, बालाजु लगायत विभिन्न क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका घर–टहरा भत्काउने कार्य शुक्रबार बिहानदेखि निरन्तर जारी रहेको छ।