आइत, १३ वैशाख २०८३ / April 26, 2026, Sunday
आइत, १३ वैशाख २०८३
Advertisement
banner add

बस्ती हटाइएपछि सुकुमवासीको पहिचान सुरु, रंगशालामा स्वास्थ्य र परामर्श सेवा

banner add
writter
आइत, १३ वैशाख २०८३
(Shares)

काठमाडौं । उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानसँगै भूमिहीन र सुकुमवासीको पहिचान तथा तथ्याङ्क संकलन प्रक्रिया अघि बढाइएको छ।

शनिबार बिहानदेखि नदी किनार क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरू खाली गराउने कार्य अघि बढाइएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अस्थायी डेस्क स्थापना गरेर वास्तविक सुकुमवासीको स्क्रिनिङ सुरु गरिएको हो।

स्क्रिनिङका लागि रंगशालामा पुगेका प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्वास्थ्य टोलीले शारीरिक अवस्था जाँचसँगै आवश्यक उपचार सेवा पनि दिइरहेको छ।

हालसम्म कम रक्तचापको समस्या देखिएका ६ जना, ढाड तथा जोर्नी दुखाइबाट प्रभावित २ जना, टाउको दुखाइको समस्या भएका २४ जना, गर्भवती २ जना, चोटपटक लागेका १ जना तथा अन्य विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित १२ जनालाई सेवा प्रदान गरिएको जनाइएको छ।

यससँगै प्रभावित परिवारका सदस्यलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। विशेषगरी परिवारिक अवस्था जटिल भएका महिला, विद्यालय जाने उमेरका बालबालिका तथा रोजगारीमा संलग्न अभिभावकहरूले आफ्नो मानसिक तनाव र भविष्यप्रतिको चिन्ताबारे परामर्श लिएका छन्।

स्वास्थ्यकर्मीका अनुसार बसोबासको अनिश्चितता, बालबालिकाको पढाइ निरन्तरता र जीविकोपार्जनको व्यवस्थापनजस्ता विषयले प्रभावित परिवारमा मानसिक दबाब बढाएको देखिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर