मङ्गल, २९ वैशाख २०८३ / May 12, 2026, Tuesday
मङ्गल, २९ वैशाख २०८३
Advertisement
banner add

आज साँझ एसईई नतिजा सार्वजनिक हुने तयारी

banner add
writter
सोम, २८ वैशाख २०८३
(Shares)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा आज साँझ नै सार्वजनिक हुन सक्ने सम्भावना छ।

सम्भवतः आज साँझ नतिजा सार्वजनिक हुन्छ। अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा बोर्डका एक अधिकारीले भने, ‘साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ।’

बैठकमा सहभागी हुनका लागि परीक्षा बोर्डले सदस्यहरूलाई जानकारी गराइसकेको छ।

परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताए। ‘हामी अहिले छलफलमै छौं,’ उनले भने।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिट्टै सार्वजनिक गर्न लागिएको हो।

यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।

तीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका छन्।

 

ads
ads
add
banner add

सम्बन्धित खबर