आइत, २७ वैशाख २०८३ / May 10, 2026, Sunday
आइत, २७ वैशाख २०८३
Advertisement
banner add

दुई दिनभित्र सार्वजनिक हुँदै SEE नतिजा, SMS र वेबसाइटमार्फत हेर्न सकिने

banner add
writter
आइत, २७ वैशाख २०८३
(Shares)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि SEE नतिजा सार्वजनिक गर्न झन्डै तीन महिना लाग्ने गरेको थियो । बोर्डको वार्षिक क्यालेन्डरअनुसार असार दोस्रो सातातिर नतिजा प्रकाशित हुँदै आएकोमा यसपटक भने छिटो प्रक्रिया अघि बढाइएको हो ।

बालेन शाह नेतृत्वको सरकार बनेपछि नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार राष्ट्रिय परीक्षा बोर्डले तयारी तीव्र बनाएको जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार विद्यार्थीहरूले SEE २०८२ को नतिजा SMS, IVR तथा विभिन्न वेबसाइटमार्फत हेर्न सक्नेछन् ।

SMS तथा IVR सेवाका लागि नेपाल टेलिकमको १६०० सर्टकोड प्रयोग गर्न सकिनेछ भने जानकी टेक्नोलोजी र एम्बिसन गुरुमार्फत पनि SMS सेवा उपलब्ध हुने जनाइएको छ ।

त्यस्तै, नतिजा हेर्नका लागि बोर्डको आधिकारिक वेबसाइट www.see.gov.npwww.neb.gov.np सहित नेपाल टेलिकम, ईकान्तिपुर, एडुसञ्जाल, खल्ती, एनसेललगायत विभिन्न प्लेटफर्म प्रयोग गर्न सकिने बोर्डले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर