मङ्गल, २० असोज २०८३ / October 6, 2026, Tuesday
मङ्गल, २० असोज २०८३
Advertisement
banner add

कांग्रेस सभापतिमा स्यामकृष्ण खड्गीको दाबी

banner add
writter
मङ्गल, २० असोज २०८३
(Shares)

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं. ६ का पूर्व क्षेत्रीय सभापति स्यामकृष्ण खड्गीले केन्द्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महाधिवेशन स्थलस्थित मिडिया सेन्टरमा उम्मेदवारी घोषणा गर्दै खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई ‘विवेकको मत’ प्रयोग गर्न आग्रह गरे।

चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय खड्गीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको र २०४६ सालको जनआन्दोलनमा समेत सहभागी भएको बताए। उनले वडा तहदेखि क्षेत्रीय सभापतिसम्म विभिन्न जिम्मेवारी सम्हालेको उल्लेख गरे।

गगन थापासहित अन्य नेताहरू सभापति पदको प्रतिस्पर्धाको तयारीमा रहेका बेला खड्गीको उम्मेदवारीले कांग्रेसको नेतृत्व दौडमा अर्को दाबी थपिएको छ।

खड्गीले आफू कुनै गुट वा सीमित समूहको प्रतिनिधिका रूपमा नभई आफ्नो राजनीतिक अनुभव र संगठनमा गरेको योगदानका आधारमा प्रतिनिधिसँग मत माग्न आएको बताएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर