मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

विशेष महाधिवेशन माग्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरू

banner add
writter
मङ्गल, ०७ असोज २०८२
(Shares)

काठमाडौँ । नेपाली कांग्रेसभित्र फेरि एकपटक आन्तरिक असन्तुष्टि र असहमति खुलेर सतहमा आएको छ। पार्टीको नेतृत्व, संगठनात्मक गतिविधि र नीतिगत दिशाप्रति असन्तुष्ट समूहले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान थालेका छन्।

पाली कांग्रेसका नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।

यस किसिमको कदमले कांग्रेसभित्र विद्यमान असन्तोष मात्र होइन, पार्टीको भावी दिशा र संगठनात्मक एकतामा पनि ठूलो प्रश्न उठाएको छ। प्रमुख विपक्षी दलका रूपमा कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्नु पर्ने जिम्मेवारी बोकेको छ। तर बारम्बारको गुटबन्दी, आन्तरिक खिचातानी र सत्तासमीकरणमा मात्र केन्द्रित प्रवृत्तिले जनतामा विश्वास घटाइरहेको छ।

विशेष महाधिवेशनको माग पार्टीलाई लोकतान्त्रिक अभ्यासमा लैजाने अवसरका रूपमा पनि लिन सकिन्छ। यसले पार्टीभित्र विचार विमर्श, आलोचना–आत्मालोचना र नयाँ नेतृत्व उत्पादन गर्ने वातावरण तयार गर्न सक्छ। तर, यदि यो अभियान व्यक्तिगत स्वार्थ, सत्ताकै लागि शक्ति संघर्ष वा गुटगत वर्चस्व कायम गर्ने उद्देश्यले मात्र अघि बढाइएको हो भने त्यसले पार्टीलाई अझ कमजोर मात्र बनाउनेछ।

कांग्रेसलाई अहिले आवश्यक छ—भरोसामूलक नेतृत्व, आन्तरिक संवाद र संगठनको बलियो संरचना। विशेष महाधिवेशनको माग र त्यसलाई घेरिरहेका गतिविधिहरूलाई यही दृष्टिकोणबाट मूल्यांकन गर्नुपर्छ। जनताले अपेक्षा गरेको भूमिकातर्फ फर्कन कांग्रेस सक्षम हुन्छ कि पुनः आपसी गुटबन्दीमै अल्झिरहन्छ, यही प्रश्नले आगामी दिनमा यसको भविष्य तय गर्नेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर