बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

नुवाकोट दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ, अनुसन्धान तीव्र

banner add
writter
बिहि, ३१ वैशाख २०८३
(Shares)

नुवाकोटमा दुई दाजुभाइको हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी विपिन रेग्मीका अनुसार घटनामा संलग्नता, हत्या कसरी भयो र यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

एसपी रेग्मीले अनुसन्धानका लागि हालसम्म ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ।

बुधबार नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ क्षेत्रमा दुई दाजुभाइको शव फेला परेको थियो। मृतकहरू किम्ताङबेँसीका ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ रहेका छन्।

प्रहरीका अनुसार दुवैको शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो। बिहान करिब १० बजे घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली खोजीमा खटिएको थियो। घटनास्थल नुवाकोट र धादिङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्दछ।

प्रारम्भिक रूपमा गोली प्रहार गरेर हत्या गरिएको सूचना प्राप्त भए पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेको छ। त्यसैले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

हत्या किन गरिएको हो भन्ने विषयमा पनि स्पष्ट तथ्य बाहिर आइसकेको छैन। आर्थिक लेनदेनको विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए। शव भेटिएको स्थान सडकबाट करिब पाँच घण्टाको पैदल दूरीमा, धादिङ सीमातर्फ पर्ने दुर्गम क्षेत्रमा रहेको बताइएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर