शनि, १६ जेठ २०८३ / May 30, 2026, Saturday
शनि, १६ जेठ २०८३
Advertisement
banner add

पोखरामा ग्याङ फाइटमा संलग्न ६ जना पक्राउ

banner add
writter
मङ्गल, २९ वैशाख २०८३
(Shares)

पोखरा । पोखरामा भएको ग्याङ फाइट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–बाँझपाटनका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्दै आएका ३० वर्षीय दिलेराम गुरुङ (दीपेश), नुवाकोट घर भई पोखरा बस्दै आएका १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा पोखराकी २० वर्षीया लिजा पुन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले वैशाख २२ गते राति करिब साढे ९ बजे पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा ग्याङ फाइट गरेका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका डीएसपी हरि बस्नेतका अनुसार झै–झगडाको मुख्य कारण लागुऔषधसँग सम्बन्धित विषय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर