बुध, ०६ साउन २०८३ / July 22, 2026, Wednesday
बुध, ०६ साउन २०८३
Advertisement
banner add

इरानसँगको जारी युद्धमा अमेरिकाको हालसम्म ३७ दशमलव ५ अर्ब डलर खर्च

banner add
writter
बुध, ०६ साउन २०८३
(Shares)

एजेन्सी। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको जानकारी दिएका छन्।

यो रकम गत मे महिनामा सार्वजनिक गरिएको पछिल्लो अनुमानभन्दा करिब ८ अर्ब डलर बढी हो। डेमोक्र्याट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म भएको खर्चबारे प्रश्न गरेपछि रक्षामन्त्री हेगसेथले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

अमेरिका र इरानबीच पुनः द्वन्द्व सुरु भएयता पहिलो पटक सिनेट विनियोजन समितिसमक्ष उपस्थित भएका हेगसेथले कंग्रेसले तत्काल थप बजेट स्वीकृत नगरे सैन्य तालिममा कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

उनले रक्षा मन्त्रालयका लागि ८७ अर्ब अमेरिकी डलरको अतिरिक्त बजेट माग गरिएको जानकारी दिँदै त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा सञ्चालन भइरहेका सैन्य अभियानका लागि छुट्याइएको बताएका छन्।

बीबीसीका अनुसार, बढ्दो सैन्य खर्चले अमेरिकाको रक्षा बजेटमाथि थप दबाब सिर्जना गरेको छ भने इरानसँगको द्वन्द्व दीर्घकालीन बन्दै जाने संकेत पनि देखिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर