सोम, २५ जेठ २०८३ / June 8, 2026, Monday
सोम, २५ जेठ २०८३
Advertisement
banner add

आजको मौसम पूर्वानुमान

banner add
writter
सोम, २५ जेठ २०८३
(Shares)

काठमाडौँ, जेठ २५ — आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि वर्षासम्मको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली क्षेत्रहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने अपेक्षा गरिएको छ।

मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन (हट डे) को अवस्था रहने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर