बिहि, १४ साउन २०८३ / July 30, 2026, Thursday
बिहि, १४ साउन २०८३
Advertisement
banner add

सिरहामा दुई पक्षबीच झडप : कर्फ्युबीच पनि प्रदर्शन, प्रहरीको गोली चल्दा दुई घाइते

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

सिरहा । सिरहामा दुई पक्षबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु आदेश जारी भए पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए। उक्त आगजनीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

सुनसरीमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहासहित अन्य जिल्लामा समेत परेको बताइएको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था कडा बनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर