शुक्र, ०१ जेठ २०८३ / May 15, 2026, Friday
शुक्र, ०१ जेठ २०८३
Advertisement
banner add

प्युठानमा मारुती भ्यान दुर्घटना : दुई जनाको मृत्यु

banner add
writter
शुक्र, ०१ जेठ २०८३
(Shares)

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए।

मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर