सोम, ०४ जेठ २०८३ / May 18, 2026, Monday
सोम, ०४ जेठ २०८३
Advertisement
banner add

गुल्मीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

banner add
writter
सोम, ०४ जेठ २०८३
(Shares)

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कालिगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डको सत्यवती गाउँपालिका–१ तुलबाङ क्षेत्रमा लु ३६ प ३६२७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बागलुङको कालिगण्डकी गाउँपालिका–३ का ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ५८ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दुर्घटनामा दुवै जनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताए। घाइते अवस्थामा उनीहरूलाई रिडी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर