बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

निर्माणाधीन घरको छत बाट खस्दा सर्लाहीमा दुई मजदुरको मृत्यु

banner add
writter
बुध, ३० वैशाख २०८३
(Shares)

सर्लाहीमा निर्माणाधीन भवनको छत भत्किँदा दुई जना मजदुरको ज्यान गएको छ ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका–२ निवासी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१० मा रञ्जित यादवले निर्माण गरिरहेको चार तले घरको छतमा पानी ट्याङ्की राख्न तयार पारिएको ढलानमा प्लास्टर गर्ने क्रममा दुर्घटना भएको हो । बुधबार दिउँसो करिब पौने ५ बजेतिर काम गरिरहेका बेला अचानक छत भत्किएर उनीहरू तल खसेका थिए ।

दुर्घटनामा दुवै जनाको शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा तत्काल प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर