मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन

banner add
writter
बिहि, २८ फागुन २०८२
(Shares)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृष्ण थापाको निधन भएको छ। पार्टीको चुनावी समीक्षा बैठकका क्रममा अचानक ढलेका थापालाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

पार्टीका अनुसार चुनावी परिणामको समीक्षा गर्न आयोजित बैठकमा सहभागी रहेका थापा अचानक अस्वस्थ भई ढलेका थिए। तत्कालै उनलाई नजिकैको अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको ज्यान गएको पुष्टि भएको हो।

थापा लामो समयदेखि वाम राजनीति पार्टी संगठनमा सक्रिय रहँदै आएका नेता हुन्। उनी विभिन्न समयमा पार्टीका जिम्मेवारीमा रहेर संगठन विस्तार, जनसम्पर्क स्थानीय तहमा एमालेको आधार बलियो बनाउन सक्रिय थिए।

उनको आकस्मिक निधनले एमाले पंक्तिमा शोकको वातावरण सिर्जना भएको छ। पार्टीका नेता–कार्यकर्ताले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।

राजनीतिक वृत्तमा पनि उनको निधनप्रति दुःख व्यक्त गरिएको छ। सहकर्मीहरूका अनुसार उनी सरल, मिलनसार संगठनप्रति समर्पित नेताका रूपमा परिचित थिए।

थापाको निधनले परिवार, समर्थक तथा एमाले कार्यकर्तामा ठूलो क्षति पुगेको भन्दै विभिन्न पक्षबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर