बुध, ३० वैशाख २०८३ / May 13, 2026, Wednesday
बुध, ३० वैशाख २०८३
Advertisement
banner add

बादलले प्रयोग गरेका असंसदीय शब्द संसद् रेकर्डबाट हटाइयो

banner add
writter
बुध, ३० वैशाख २०८३
(Shares)

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसद्मा प्रयोग गरेका असंसदीय अभिव्यक्तिहरू प्रतिनिधिसभाको आधिकारिक रेकर्डबाट हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत अभिव्यक्ति प्रयोग भएको भन्दै ती शब्दहरू रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद्को छलफलमा सहभागी हुने सदस्यहरूले पालना गर्नुपर्ने आचरण तथा प्रक्रियाबारे व्यवस्था गरिएको छ । उक्त नियमअनुसार सदस्यहरूले सभामुखको अनुमति पाएपछि मात्रै आफ्नो धारणा राख्न पाउने व्यवस्था छ ।

त्यस्तै, सभामुखको आचरणमाथि ‘पदअनुकूल व्यवहार नगरेको’ भन्ने प्रस्तावमाथिको छलफल बाहेक अन्य अवस्थामा टिप्पणी गर्न नपाइने उल्लेख गरिएको छ ।

संविधानको धारा १०५ अनुसार बहस गर्न निषेध गरिएका विषयमा संसद्मा छलफल गर्न नहुने प्रावधान पनि नियमावलीमा समेटिएको छ ।

नियमावलीले अशिष्ट, अश्लील, अपमानजनक वा आपत्तिजनक शब्द प्रयोग गर्न रोक लगाएको छ । साथै, कुनै व्यक्ति, जाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति होच्याउने वा असर पर्ने किसिमका अभिव्यक्ति दिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।

यसका साथै, संसद्मा बोल्ने अधिकारलाई सदनको कामकारबाही अवरुद्ध गर्ने उद्देश्यले दुरुपयोग गर्न नहुने व्यवस्था पनि नियमावलीमा उल्लेख गरिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर