बिहि, २१ जेठ २०८३ / June 4, 2026, Thursday
बिहि, २१ जेठ २०८३
Advertisement
banner add

कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

banner add
writter
बिहि, २१ जेठ २०८३
(Shares)

काठमाडौं ।नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन्। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई डिजिटल माध्यमबाट अद्यावधिक गर्ने व्यवस्था गरेको छ।

समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार समाचार तयार पार्दासम्म ३ लाख ७५ हजार सदस्यले अद्यावधिक प्रक्रिया पूरा गरेका छन्। साँझसम्म उक्त संख्या ४ लाख पुग्ने अनुमान गरिएको उनले बताए।

१४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका थिए। हाल अद्यावधिक भएका सदस्यको संख्या त्यसको तुलनामा निकै कम देखिएको छ। रसाइलीका अनुसार अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षकलगायत करिब २ लाख सदस्य थिए। सरकारले सरकारी कर्मचारी र शिक्षकलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था लागू गरेपछि सदस्य संख्या घट्नु स्वाभाविक रहेको उनको भनाइ छ।

यद्यपि, कानुनी व्यवस्थाबाहेक पनि उल्लेख्य संख्यामा क्रियाशील सदस्यले सदस्यता अद्यावधिक नगरेको देखिएको छ।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र आन्तरिक विवाद जारी छ। उक्त महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो। सोही समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका सबै सदस्यले डिजिटल रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको थियो।

 तर, निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै अद्यावधिक नगर्ने अडान लिइरहेको बताइएको छ।

विशेष महाधिवेशनअघि नै ४ लाख ५० हजार सदस्यले क्रियाशील सदस्यता नवीकरण गरिसकेको उल्लेख गर्दै रसाइलीले हालसम्म ३ लाख ७५ हजार सदस्यले मात्र डिजिटल अद्यावधिक प्रक्रिया पूरा गरेको जानकारी दिए। यसले पार्टीभित्रको आन्तरिक विवाद र संगठनात्मक चुनौतीलाई थप उजागर गरेको विश्लेषण गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर