बिहि, १४ जेठ २०८३ / May 28, 2026, Thursday
बिहि, १४ जेठ २०८३
Advertisement
banner add

डडेल्धुरामा सागर ढकालमाथि दुर्व्यवहार, कांग्रेस नेता संलग्न भएको आरोपसहित भिडियो भाइरल

banner add
writter
बिहि, १५ माघ २०८२
(Shares)

काठमाडौँ । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सागर ढकालमाथि दुर्व्यवहार गरिएको दाबी सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीति फेरि सडक स्क्रिनको दोभानमा उभिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालमाथि डडेल्धुरामा दुर्व्यवहार गरिएको आरोपसहितको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।

 

ढकाल आज वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै डडेल्धुरा पुगेका थिए। सो क्रममा उनीमाथि लक्षित गर्दै गालीगलौज गरिएको भिडियो सार्वजनिक भएको हो। भिडियोलाई लिएर कांग्रेस नेता संलग्न रहेको आरोप सार्वजनिक रूपमै घुमिरहँदा प्रश्न एउटै छ । यो सत्य के हो ?  र सत्यापन कसले गर्छ?

दुर्व्यवहार आफैंमा अस्वीकार्य हो । पीडित जोकोही भए पनि। विचार, दल वा व्यक्तित्व फरक-फरक हुन सक्छन् । तर असहमतिको उत्तर हिंसा, अपमान वा धम्की हुन सक्दैन। लोकतन्त्रको सार नै यही हो—विवाद संवादले सुल्झिने, दादागिरीले होइन।

तर विचार पनि उत्तिकै महत्त्वपूर्ण छ । भाइरल भएको हरेक भिडियो सत्य हुँदैन। भिडियोको समय, स्थान, सन्दर्भ, सम्पादन र पात्रसबै पक्षको स्वतन्त्र र औपचारिक सत्यापन अनिवार्य हुन्छ। सामाजिक सञ्जालमा चलेको आरोपलाई मात्र आधार मानेर कुनै दल वा व्यक्तिलाई दोषी ठहर्याउने हो भने, हामी न्यायभन्दा हल्लाको शासनतिर फस्छौं।

भाइरल भिडियोमा एक व्यक्तिले ढकालप्रति लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गर्दै ४० हजारको मासुभात खुवाएर जिल्लाको बेइज्जत गर्छ लगायतका अभिव्यक्ति दिएको स्पष्ट रूपमा सुनिन्छ।

 

स्रोतका अनुसार भिडियोमा देखिने व्यक्ति नेपाली कांग्रेस डडेल्धुराका नेता तथा अमरगढी नगरपालिकाका कार्यपालिका सदस्य प्रकाश जैरू रहेको दाबी गरिएको छ। तर, जैरूले भने भिडियोमा बोल्ने व्यक्ति आफू नभएको भन्दै आरोप अस्वीकार गरेका छन्।

तपाईं जत्तिको जिम्मेवार व्यक्ति, कार्यपालिका सदस्यले त्यस्तो भाषा प्रयोग गर्नु सुहाउँछ ?” भन्ने प्रश्नमा उनले ए लल भन्दै फोन काटेका थिए।

सागर ढकाल गत प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिस्पर्धा गरेका थिए। यसपटक भने उनी गुल्मीबाट चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि गुल्मीमा आयोजित एक चुनावी सभामा ढकालले डडेल्धुराका युवालाई लक्षित गर्दै दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो। उनले पहिलोपटक डडेल्धुरा पुगेका बेला भेट्न आएका केही युवाले ४० हजार रुपैयाँ बराबरको दारु–मासु खाएको आरोप लगाएका थिए।

कांग्रेस नेता संलग्न रहेको आरोप गम्भीर छ। यदि संलग्नता छ भने, दलको आन्तरिक अनुशासन र राज्यका निकायहरूले निष्पक्ष अनुसन्धान गरेर सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। र यदि छैन भने, आरोप लगाउनेहरूले पनि प्रमाणसहित जिम्मेवारी लिनुपर्छ। राजनीतिक प्रतिस्पर्धा कडा हुन सक्छ, तर कुप्रचार लोकतन्त्रको विष हो।

यो घटना डडेल्धुराजस्तै संवेदनशील राजनीतिक भूगोलमा भएको भनिनु आफैंमा संकेत हो—स्थानीय राजनीतिमा असहमतिको व्यवस्थापन कमजोर हुँदै गएको। चुनाव जित हारभन्दा पर, नागरिक सुरक्षाको अनुभूति र राजनीतिक संस्कार बलियो हुनु आवश्यक छ। दलहरूका कार्यकर्ता र नेताहरूले आफ्नै आचरणबाट त्यो उदाहरण देखाउनुपर्छ।

अन्ततः, सत्यको पक्षमा उभिनु सबैको दायित्व हो—मिडिया, राजनीतिक दल, राज्यका निकाय र नागरिक। छानबिन छिटो, निष्पक्ष र पारदर्शी होस्; दोषी जो–कोही भए पनि कारबाही होस्; र निराधार आरोपको अन्त्य होस्। त्यसैमा लोकतन्त्रको भरोसा टिक्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर